काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कार्कीबाट मुक्तिनाथ दर्शन

1.49K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धारामा जलसेचन गरी मन्दिरमा पूजाअर्चना गर्नुभएको हो ।

दर्शनका क्रममा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल तथा स्थानीय प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

मन्दिरतर्फ करिब २०० मिटर पैदल यात्रा गर्ने क्रममा प्रधानमन्त्री कार्कीले स्वदेशी तथा विदेशी दर्शनार्थी र पर्यटकसँग कुरा गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

यस अवसरमा गाउँपालिका अध्यक्ष गुरुङ र विकास समितिका व्यवस्थापक भुसालले मुक्तिनाथ क्षेत्रमा भक्तजनले भोग्दै आएका समस्या र पूर्वाधार अभावबारे जानकारी गराउनुभएको थियो ।

विकास समितिका उपाध्यक्ष गुरुङका अनुसार चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठवटा पूर्वाधार योजना स्वीकृतिका लागि पुरातत्व विभागमा पेस गरिए पनि ढिलाइका कारण काम अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री कार्कीले यस विषयमा विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको व्यवस्थापक भुसालले बताउनुभयो । मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि प्रधानमन्त्री कार्की हेलिकप्टरमार्फत जोमसोमस्थित इन्द्र बक्स गण पुग्नुभएको थियो ।