काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

सुनचाँदी व्यवसायी संघद्वारा फागुन १० मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

1.51K
shares

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । संघले क्षेत्रपाटीस्थित कार्यालय रहेको स्वाँछपु गणेशस्थान परिसरमा फागुन १० गते आइतबार बृहत् स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

संघको २४औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको स्वास्थ्य शिविर तथा चियापान कार्यक्रममा सदस्यहरु, सदस्यका परिवारजन, कालिगढ, कर्मचारी सबैलाई सहभागिताका लागि अपिल गरिएको छ ।

बिहान ८ बजेदेखि १०:३० सम्म आयोजना हुने शिविरमा चिकित्कस परामर्श, रगत परीक्षण, बीएमआई परीक्षण, प्रिभिलेज कार्ड वितरण, आँखाको जाँच तथा दन्त परीक्षण हुने संघका सचिव लेखरत्न शाक्यले जानकारी दिनुभयो ।

र्‍यान्डम ब्लड सुगर, सिरम ट्राइग्लिसराइड्स र क्रिएटिनिन परिक्षणबाहेकका रगतका अन्य परीक्षणमा पनि ६० प्रतिशतमात्र भुक्तानी गरे पुग्नेछ । नि:शुल्क स्वास्थ्य परीक्षणमा सहभागी भई लाभ उठाउन सचिव शाक्यले सबैमा अपिल गर्नुभएको छ ।