काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

जेनजी आन्दोलनका शहीद परिवारका लागि १२ करोड प्रस्ताव

1.28K
shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवारका लागि करिब १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको हो ।

मन्त्रिपरिषदको पुस २१ को बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेबमोजिम शहीद परिवारलाई वितरण गर्ने रकमसहितको कार्यक्रम खाका आइपुगेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएकोमा सरकारले ४२ जनालाई शहीद घोषणा गरेको छ । शहीदका परिवारलाई सरकारले १० वर्षसम्म मासिक २१ हजार आठ सय रुपैयाँको दरले वितरण गर्ने तयारी गरेको छ । निर्णयअनुसार प्रत्येक वर्ष चाडबाड भत्तासहित १३ महिनाको सुविधा जेनजी शहीद परिवारले पाउने छन् ।