काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

लेखक तथा साहित्यकार बोधराज पौडेलद्वारा लिखित निबन्धसंग्रह ‘धमिराको देवल’ सार्वजनिक

2.5K
shares

काठमाडौं । लेखक तथा निबन्धकार बोधराज पौडेलद्वारा लिखित निबन्धसंग्रह ‘धमिराको देवल’ सार्वजनिक भएको छ ।

शुक्रबार शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा निबन्धसङ्ग्रह ‘धमिराको देवल’ सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम लेकाली, संरक्षक सविता ढुंगाना र संगीता शर्मा, गुञ्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचक प्रमोद प्रधान र प्रा.डा. गोविन्दमानसिंह कार्की लगायतले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक कृति ‘धमिराको देवल’बारे समालोचकद्वय प्रमोद प्रधान र प्रा.डा. गोविन्दमानसिंह कार्कीले समीक्षात्मक धारणा राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार किशोर पहाडी, राजेश खनाल, श्रीबाबु कार्की, प्रीम राई परीक्षित, श्रीराम राई, राजन न्यौपाने, नवराज रिजाल, डी.आर. राई, पारशप्रकाश नेपाल, उमेश पाण्डे, रितु कँडेल, विष्णु आभूषण, यशोदा अधिकारी, होमशंकर बास्तोला, सन्तोषकुमार दाहाल सहितका स्रष्टाहरूको बाक्लो उपस्थिति थियो ।

परिबोध मिडिया प्रा.लि.द्वारा प्रकाशित निबन्धसंग्रह १२८ पृष्ठमा रहेको छ भने यसको मूल्य रु.४५०/- रहेको छ । यस पुस्तकको लेआउट डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.ले गरेको हो भने वितरक एस.के.डी ग्राफिक एण्ड प्रिन्टिङ सोलुसन रहेको छ ।

डिजाइन, छपाई तथा वितरणको जिम्मा लिएका एस.के.डी ग्राफिक एण्ड प्रिन्टिङ सोलुसनका अध्यक्ष सन्तोषकुमार दाहालले भन्नुभयो– ‘पछिल्लो समय लेखकहरु प्रकाशकबाट पिडित भएका गुनासाहरु सुनिने गरेकाले त्यसो हुन नदिन भारी छुटमा माग भएका पुस्तक पसलहरु तथा पाठकहरुसमक्ष सिधै पुस्तक उपलब्ध गराउने उद्देश्यका साथ यस पुस्तक प्रकाशन गरेका हौँ । हाम्रो अभियानलाई साथ र सहयोग गरिदिनुहुन सम्पूर्ण लेखक तथा पाठकवर्गहरुमा हार्दिक अनुरोध गर्दछु ।’

कार्यक्रमको सहजीकरण कवि कल्पना काफ्लेले गर्नुभएको थियो ।

कार्यक्रमको पूरा भिडियो युट्युब च्यानल www.youtube.com/@moonlightmedia3548 बाट हेर्न र सुन्न सक्नुहुने छ ।