काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सम्झौता

812
shares

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि गरिएको ठेक्का आह्वानमा न्युनतम मूल्याङ्कीत निर्माण सेवा कम्पनी आकाश निर्माण सेवा, सिन्धुपाल्चोकसँग सम्झौता भएको छ ।

नगरपालिकाको प्रशासकीय भवन निर्माण आकाश निर्माण सेवाले रु. ५,८७,१८,१३० (अक्षरेपी पाँच करोड सतासी लाख अठार हजार एक सय तीस) लागतमा काम सम्पन्न गर्ने गरी सार्बजनिक खरिद ऐन तथा नियमावली अनुसार नगरपालिका र उक्त निर्माण कम्पनी बिच सम्झौता भएको नगर प्रमुख बिमला राईले जानकारी दिनुभएको छ ।

खोटाङ जिल्लामा रहेको पूर्वको पशुपतिनाथका रुपमा प्रशिद्ध हलेसी मन्दिर यही नगरपालिकामा पर्दछ । हलेसी तुवाचुङ नगरपालिका बहुजाती, बहुभाषी, बहुधार्मिकका साथै सांस्कृतिक रुपमा सुन्दर र परिचत रहेकाे छ ।