काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

भू-कम्पमा परी तिब्बतमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

1.03K
shares

काठमाडौं: मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ । भूकम्पमा परी १८८ जना घाइते भएका छन् ।

भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९०० मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्को समाचारमा उल्लेख छ । डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ । भूकम्प गएपछि त्यहाँ उद्धारका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । भूकम्पबाट धेरै घरहरू भत्किएको र उद्धारका काम चलिरहेको चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन् ।

मंगलबार बिहान ६:५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो । काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए ।