काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

बंगलादेशले जित्याे साफ यू-२० च्याम्पियनसिपको उपाधि, नेपाल ४-१ गोल अन्तरले पराजित

721
shares

काठमाडौं : बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै सहज जितका साथ उपाधि जितेको हो ।

उमेर समूहको प्रतियोगितामा बंगलादेशले जितेको यो पहिलो उपाधि हो । बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए ।

पहिलो हाफको अन्त्यतिर बंगलादेशले अग्रता लियो । नेपाली डिफेन्डर राम थापाले खराब ट्याकल गर्दै मिराजुल इस्लामलाई पेनाल्टी बक्सबाहिर लडाएपछि प्राप्त फ्रिककमा मिराजुल पहिलो हार च्याप्दै प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भयो ।

मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । इस्लाम सकिबले दिएको हुक बललाई राजीब हुसेनले हेडिङ गरेका थिए। तर, गोलकिपर जियारथ शेख बिट हुँदा गोल लाइननजिक रहेका मिराजुलले हेडिङमार्फत बललाई जाली चुमाए । ७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे । त्यसको १० मिनेटमा नेपालका लागि समीरले गोल गर्दै खेल ३-१ ल्याए ।

इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे । रब्बीले दिएको कट बललाई किक प्रहार गर्दै जियारथले वान टचमा गोल गरे ।