नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

बंगलादेशले जित्याे साफ यू-२० च्याम्पियनसिपको उपाधि, नेपाल ४-१ गोल अन्तरले पराजित

1.6K
shares

काठमाडौं : बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै सहज जितका साथ उपाधि जितेको हो ।

उमेर समूहको प्रतियोगितामा बंगलादेशले जितेको यो पहिलो उपाधि हो । बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए ।

पहिलो हाफको अन्त्यतिर बंगलादेशले अग्रता लियो । नेपाली डिफेन्डर राम थापाले खराब ट्याकल गर्दै मिराजुल इस्लामलाई पेनाल्टी बक्सबाहिर लडाएपछि प्राप्त फ्रिककमा मिराजुल पहिलो हार च्याप्दै प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भयो ।

मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । इस्लाम सकिबले दिएको हुक बललाई राजीब हुसेनले हेडिङ गरेका थिए। तर, गोलकिपर जियारथ शेख बिट हुँदा गोल लाइननजिक रहेका मिराजुलले हेडिङमार्फत बललाई जाली चुमाए । ७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे । त्यसको १० मिनेटमा नेपालका लागि समीरले गोल गर्दै खेल ३-१ ल्याए ।

इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे । रब्बीले दिएको कट बललाई किक प्रहार गर्दै जियारथले वान टचमा गोल गरे ।