काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नेजाको १७औं साधारण सभाको तयारी अन्तिम चरणमा 

1.34K
shares

बोस्टन, (अमेरिका)  । 

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १७ औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । म्यासाचुसेट्स राज्यको बोस्टन सहरमा यही मे २५ र २६ मा साधारण सभा हुँदै छ । साधारण सभाका लागि आवश्यक प्रबन्ध मिलाइसकिएको नेजाका क्षेत्रीय संयोजक तथा साधारण सभाका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

संयोजक बस्नेतका अनुसार साधारण सभा पशुपति नाथ बुद्व फाउन्डेसन अफ न्यू इङ्ल्यान्डको सामुदायिक भवनमा हुनेछ भने साधारण सभामा सहभागी हुने नेजाका सदस्यहरूका लागि कार्यक्रम स्थल नजिक आवासको प्रबन्ध मिलाइएको छ । 

साधारण सभामा सहभागिताका लागि पत्रकार तथा अतिथिहरूलाई लोगान अन्तर्राष्ट्रिय विमानस्थल, बोस्टन प्रयोग गर्दा उपयुक्त हुने संयोजक बस्नेतले जानकारी दिनुभएको छ । 

साधारण सभाको उद्घाटनका अवसरमा उत्तर अमेरिकामा सक्रिय राष्ट्रिय सञ्जाल भएका  संघ-संस्थाका प्रमुख, पत्रकारसँग सम्बन्धित संघ-संस्थाका प्रमुख, अमेरिकाका विभिन्न राज्यका हाउस अफ डेलिगेट्स चुनिनुभएका तथा सिटीमा काउन्सिल निर्वाचित नेपाली मूलका नेपाली, नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता रहने महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो । 

यसैगरी, नेजाको साधारण सभामा संघका सदस्यहरूका लागि मे २५ र २६ का निम्ति आवास तथा भोजनको प्रबन्ध नेजाको तर्फबाट मिलाइएको र रजिस्ट्रेसनका लागि प्रतिसदस्य १५० डलर र परिवारसहित सहभागी हुनका लागि २०० डलर शुल्क निर्धारण गरिएको कोषाध्यक्ष जानु पङ्गेनीले बताउनुभयो । साधारण सभामा भाग लिनका लागि सदस्यहरूले मे १७ भित्र रजिस्ट्रेसन गरिसक्नुपर्ने पनि पङ्गेनीले जानकारी दिनुभयो ।