काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

686
shares

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष-विपक्षमा मत दिएनन् ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए । विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

प्रधानमन्त्रीको पक्षमा नेकपा एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १० र जसपाका १२ सांसदले मत दिए । स्वतन्त्र सांसद प्रभु शाह र योगेन्द्र चौधरीले पनि मत दिए ।