• २०८१ बैशाख ३० गते आइतवार

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” को अवलोकन गर्नुभएको छ । काठमाडौँस्थित नेपाल आर्ट काउन्सिन, बबरमहलमा यही फागुन ५ गतेदेखि वृहत् अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ र धनु आर्ट स्टुडियो, कोटेश्वर काठमाडौँद्वारा आयोजित उक्त मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी(२०८० को बुधबार अवलोकन तथा समापन कार्यक्रममा उपस्थिति भई सम्माननीय प्रधानमन्त्री दाहालले प्रदर्शनीमा राखिएका चित्रकलाहरु अवलोकन गर्नुका साथै यस चित्रकला प्रदर्शनीले नेपालको पहिचान, भौगोलिक अवस्था, संस्कृति तथा पहिचानलगायतका बारेमा विश्वभर चिनाउन सफल भएको बताउनुभयो ।

त्यसैगरी विभिन्न देशका अन्तर्राष्ट्रिय अलाकारहरुकोसमेत उपस्थिति र सहभागिता गराई सभ्य र व्यवस्थित रुपमा चित्रकला प्रदर्शनीको आयोजना गरी नेपाल र नेपालीहरुको कला, संस्कृति भौगोलिक अवस्था तथा नेपाली कलाकारहरुलाई विश्वसामु चिनाउनुका साथै कलाकारहरुको मनोवल उच्च भएको भन्दै आयोजकका साथै सहभागि देश तथा कलाहरुलाई धन्यवादसमेत दिनुभएको छ ।

उक्त कार्यक्रमको समुद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ति बाली तथा क्यानभासमा रङ लगाई गत फागुन ५ गने उद्घाटन गर्नुका साथै प्रदर्शनीमा राखिएका चित्रहरुसमेत अवलोकन गर्नुभएको थियो ।

यस चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चित्रकला प्रदर्शनीले सहयोग पुर्याएको आयोजक तथा नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । साथै प्रदर्शनमा राखिएका चित्रलाई पुःन दिक्तेलमा लगी संग्रहालय बनाई राख्ने योजनासमेत भएको नगरप्रमुख भट्टराईले बताउनुभयो । साथै यस चित्रकला प्रदर्शनीमा सहभागि हुने देश, कलाकार तथा विभिन्न तह तप्काबाट कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी यस मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीले आयोजक दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका, खोटाङका साथै नेपाल, नेपाली कला, संस्स्कृति, तथा कलाकारहरुलाई विश्वभर चिनाउन सफल भई कलाकारहरुको मनोवलसमेत उच्च बनाउन सहयोग पुगेको आयोजक तथा धनु आर्ट स्टुडियोका प्रमुख धनु याख्खाले बताउनुभयो । साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार व्यक्त गनुभयो ।

कार्यक्रममा विभिन्न विधाका वरिष्ठ कलाकार तथा चित्रकलामा सहभागि कलाकार, कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु विभिन्न संघ संस्था, विद्यालय, कलेजहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रादान गरिएको थियो ।


नेपाल, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएका चित्रकला कार्यशाला र ५० भन्दा बढी देशका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित प्रदर्शनी गरिएको छ ।

कार्यक्रममा खोटाङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय रामकुमार राई (पासाङल)गायत विभिन्न राजनीतिक दलका नेताहरु, विभिन्न विधाका विशिष्ट कलाकारहरु, पत्रकारहरु, विभिन्न क्षेत्रबाट उपस्थित अवलोकनकर्ताहरुका साथै विभिन्न विद्यालय, कलेज, शिक्षक, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

चित्रकला प्रदर्शनी यही फागुन ५ गतेदेखि सुरु भइ १७ गते समापन हुने आयोजकले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *