काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

मन्त्री सुदन किराँतीलाई पितृ शोक

1.09K
shares

काठमाडौं: सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।

हर्कबहादुर राई लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । मन्त्री किराँतीले बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

यसैगरी दाहसंस्कारका लागि शव गृह जिल्ला भोजपुर लैजाने भनिए तापनि मौसम प्रतिकुलका कारण काठमाडौँको पशुपतिस्थित विद्युतीय गृहमा आजै दिनको २ बजे दाहसंस्कारका लागि लगिने पनि मन्त्री सुदन किराँतीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । नि:शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !’

साभार : अखबार नेपाल