• २०८१ जेष्ठ ७ गते सोमवार

आर्टिकल्स पेपर, काठमाडौँ । यसपटक यहीँ वैशाख ७ गते औंसी परेको छ । यो औंसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । नेपाली जनसमुदायमा यस औंसीलाई आमाप्रतिको समर्पणक दिनका रूपमा बुझ्ने पनि गरिन्छ ।

आमाप्रति विशेष ममतापूर्ण श्रद्धाभाव व्यक्त गर्ने दिन हो यो औंसी । त्यसैले यो औंसीको दिनलाई अन्य औंसीभन्दा विशेष मानिन्छ । आमासँगै बस्ने अवसर पाएका सन्तानहरूले प्रत्यक्ष श्रद्धा व्यक्त गर्न पाउँछन् । घरबाट बाहिर रहने सन्तानहरूले यस दिन आमालाई घरमा नै गएर भेटी प्रत्यक्ष श्रद्धा प्रकट गर्छन् ।

विविध कारणले आमादेखि टाढा रहेका सन्तानहरूले विभिन्न माध्यमबाट आमालाई विशेष श्रद्धा र सम्मान प्रकट गर्ने दिनका रूपमा यस औंसीलाई लिने गर्छन् । आमाको सामिप्यमा रहनेले आमाको प्रत्यक्ष माया, स्नेह र आशिर्वाद ग्रहण गर्ने अवसर पाउँछन् यस औंसीमा । हुनत आमाको स्नेह सन्तानले दैनिक रूपमा पाउने गर्छन् नै । आमाका लािग सम्मान र श्रद्धा प्रकट गर्ने विशेष दिन आवश्यक पर्दैन । तर, सनातन वैदिक संस्कृतिमा आमाप्रति श्रद्धा व्यक्त गर्न र दिवङ्गत आमालाई स्मरण गर्न वर्षमा एक दिन छुट्याइकोे पाइन्छ । यो औंसीको दिन जीवित आमाका लागि सम्मान गर्ने र दिवङ्गत आमाप्रति श्रद्धा प्रकट गर्ने दिन पनि हो ।

दिवङ्गत आमाप्रति श्रद्धा प्रकट गर्न र पुर्खाका सम्झना गर्न गीतकार श्रमिक बराल (डा. खगराज बराल) ले एक गीत रचना गरेका छन्ः “ए….. गङ्गा मलाई भेट गराइदेऊ मेरी आमासँग” । यो गीत युट्युवमार्फत् सार्वजनिक भएको छ । राजनराज बरालको स्वर तथा सङ्गीत रहेको यस गीतको सङ्गीत संयोजन मनोहर सुनामले गरेका छन् ।

भोला पौडेलद्वारा रेकर्डिङ र मिक्सिङ भएको यो गीतको रेकर्डिङ साउन्ड डिजाइन स्टुडियो नक्सालमा भएको हो । आमाको मुख हेर्ने दिनका लागि यो गीत विशेष बनेको छ ।

यस गीतलाई तलको लिङ्कबाट पनि हेर्न सकिन्छः
youtube.com/watch?v=aQ3-YCwLrDI

Leave a Reply

Your email address will not be published. Required fields are marked *