काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

लिभरपुलमाथि रियल मड्रिडको पुनरागमन जित

749
shares

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले लिभरपुललाई हराउँदै सानदार जित निकालेको छ ।

रियलले प्रिमियर लिग क्लब लिभरपुललाई ५-३ गोल अन्तरले हराएको हो । खेलमा सुरुआती अग्रता भने लिभरपुलले बनाएको थियो । खेलको चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १४औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । तर, दुई गोलले पछि परेको रियलले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

खेलको २१औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए । जुनियरले ३१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ४७औं मिनेटमा इडर मिलिटाओले गोल गरेपछि रियल ३-२ ले अघि रह्यो । खेलको ५५औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दा रियल ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ६७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-२ को जित दिलाए ।

जितसँगै रियलको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ । लिभरपुललाई भने दोस्रो लेगमा फराकिलो जित आवश्यक भएको छ । दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । जुन खेल रियलको मैदानमा हुनेछ ।