पवन चामलिङ र अनोजा गुरुमाँलाई डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार
२०७९ असार २३ बिहीवार ०५:४९
shares

आर्टिकल्स पेपर, काठमाडौँ । पवन चामलिङ र अनोजा गुरुमाँलाई डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार प्रदान गरिएको छ ।असार २२ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलले डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ भारत सिक्किमका पूर्व मूख्यमन्त्री श्री पवन चामलिङलाई नेपाली भाषा साहित्य र संस्कृतिको माध्यमद्वारा शान्ति सद्भावको प्रर्वधन तथा उन्नयनमा गर्नु भएको उल्लेखनीय योगदानको कदर गर्दै कलात्मक बुद्धको मूर्ति र सम्मान पत्र प्रदान गर्नुभयो ।

यसैगरी डा. अनोजा गुरुमाँलाई नेपाल तथा विश्वमा बौद्ध धर्म तथा समाज सेवाको माध्यमबाट जीवनपयोगी बुद्धका शान्ति सन्देशहरु निरन्तर प्रवाहित गर्नु भई शान्ति सद्भावको अभिवृद्धिमा पुर्याउनु भएको उल्लेखनीय योगदानको कदर गर्दै रु १ लाख र सम्मान पत्रसहितको डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार– २०७८ प्रदान गर्नुभयो । उक्त समारोहमा वोल्दै माननीय मन्त्री पौडेलले आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री श्री वोधमाया कुमारी यादवले पनि विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा खुसी लाग्यो भन्नुभयो ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री यादव कोइरालाले कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि र सम्मानित व्यक्तित्वहरुलाई डिल्लीरमण रेग्मीको विषयमा प्रकाश पार्दै, स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पुरस्कार छनौट समितिका संयोजक श्रीमती इन्दिरा दलीले पुरस्कार चयनवारे प्रकाश पार्दै सर्वसम्मत विधिवाट चयन भएको उक्त नामावलीलाई पुस्तकालय विकास समितिले स्वीकृत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही अवसरमा नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति श्री गङ्गा प्रसाद उप्रेतीले नेपाली भाषा साहित्यका सर्जक तथा अभियान्ता चामलिङ तथा वुद्ध धर्म तथा उनको शान्ति सन्देश लाई विश्वमाझ पु¥याउने अनोजा गुरुमाँलाई वधाई ज्ञापन गर्नुभयो ।
अन्त्यमा विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रा।डा ध्रुवकुमार घिमिरेले पुरस्कृत व्यक्तित्वहरुलाई वधाई दिदै उपस्थित सवै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही अवसरमा शिक्षा, विज्ञान, तथा प्रविधि राज्यमन्त्रीवाट सबल समाजको आधार , सार्वजनिक पुस्तकालयको विकास र विस्तार विषयक निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने क्रमशः रमेश भट्टराई, पूर्ण भण्डारी, विजय शर्मा, रिमा ढुङ्गेल, पुस्तम राउतलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रमको संचालन भोलाकुमार श्रेष्ठले गर्नुभएको थियो ।



















