नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

गजलः सामना पहाड

1.67K
shares

बाँदरझुला, खलङ्गा, टिकापुरको आलो घाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

सबै मिलि एउटै थालमा खान्थेउँ ढिडो आटो
कसले भन्यो अहिलेबाट माग छुट्टाछुट्टै भाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

भन्छौ किन तेरो, मेरो, तराइ, पहाड, हिमाल
खोज्छौ आफैँ कतिन्जेल घर जलाउने ठाउँ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

किन गर्ने आफन्तैमा अझै घात प्रतिघात
मनको मैलो पखाल्न एकताको गीत गाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

हौ एउटै बगैँचाका पृथक पृथक सुन्दर फूल
नचुँडाइ अटुट प्रेममाला एक अर्कामा रमाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।