काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

गजलः सामना पहाड

1.38K
shares

बाँदरझुला, खलङ्गा, टिकापुरको आलो घाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

सबै मिलि एउटै थालमा खान्थेउँ ढिडो आटो
कसले भन्यो अहिलेबाट माग छुट्टाछुट्टै भाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

भन्छौ किन तेरो, मेरो, तराइ, पहाड, हिमाल
खोज्छौ आफैँ कतिन्जेल घर जलाउने ठाउँ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

किन गर्ने आफन्तैमा अझै घात प्रतिघात
मनको मैलो पखाल्न एकताको गीत गाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।

हौ एउटै बगैँचाका पृथक पृथक सुन्दर फूल
नचुँडाइ अटुट प्रेममाला एक अर्कामा रमाउ
जे जता भएनी चस्किन्छ यै छातीको छेउछाउ ।