आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत...

पुरा पढ्नुहाेस्

सरकार बदलिँदो आवश्यकताअनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले

693
shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्यलाई थप सुदृढ बनाउन चाहेको बताउनुभएकाे छ ।

नेपाल र युएनडीपीबीच सहकार्य सुरु भएको ६०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालसँग विगत ६० वर्षदेखि विभिन्न विकासका क्षेत्रमा निरन्तर सहकार्य गरेकोमा युएनडीपीप्रति आभार व्यक्त गर्नुभयाे ।

गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा युएनडीपीले पु¥याएको योगदान अविस्मरणीय रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यहाँहरूले नेपालका विकास प्रयासमा पु¥याउनुभएको योगदानका लागि धेरै–धेरै धन्यवाद। आज ६० वर्ष पुगेको यो सहकार्य आगामी १०० वर्षसम्म पनि निरन्तर रहोस् भन्ने कामना गर्दछु।’

उहाँले संयुक्त राष्ट्रसङ्घको छातामुनि हुने विकास सहकार्यलाई केवल आर्थिक लगानीको दृष्टिले मात्रै नभई अन्तरदेशीय समन्वय, ज्ञान आदानप्रदान र दीर्घकालीन साझेदारीको महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयाे ।

नेपालमा वातावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा सशक्तीकरण तथा डिजिटल रूपान्तरणका क्षेत्रमा युएनडीपीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले बदलिँदो विकास चुनौती र आवश्यकताअनुसार आगामी दिनमा पनि सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयाे ।

आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण समय युएनडीपीमै बिताएको स्मरण गर्दै उहाँले उक्त संस्थासँगको आफ्नो सम्बन्धलाई विशेष अनुभवका रूपमा उल्लेख गर्नुभयाे ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले युएनडीपीले नेपालमा विगत ६० वर्षमा गरेका प्रमुख काम, उपलब्धि र सहकार्यका झलक समेटिएको फोटो पुस्तक ‘६० वर्षको सहयात्रा’ पनि सार्वजनिक गर्नुभयाे ।