नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

राष्ट्रिय धान दिवस : दही चिउरा खाई असार १५ मनाइदै

2.78K
shares

काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।

कृषि प्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति र किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धान खेतीको महत्वलाई उजागर गर्न यो दिवस मनाउने गरिन्छ ।

धान नेपालीको मुख्य खाद्यान्न बाली हो । नेपालको इतिहास, सभ्यता, संस्कृति र जनजीवनसँग धानसँग सम्बन्ध जोडिएको हुन्छ । अधिकांश नेपालीको दैनिक भोजनको आधार चामल भएकाले धानलाई केवल कृषि उत्पादन मात्र नभई जीवनयापनको आधारका रूपमा पनि लिने गरिन्छ ।

असार १५ धान रोपाइँको मुख्य समय भएकाले किसानका लागि विशेष महत्व बोकेको दिन हो ।

साथै दही चिउरा खाई असार १५ मनाइन्छ ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कामका लागि दही प्रयोग गरिन्छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।