४ साउन, काठमाडौं ।
एक सरकारी अस्पतालमा कार्यरत डा. बिष्ट (नाम परिवर्तन) लाई वैशाख २०७८ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भयो । सामान्य लक्षण देखिएका उनी करिब दुई हप्ता होमआइसोलेनमा बसेपछि नियमित काममा फर्किए । त्यसको तीन हप्तापछि (जेठको पहिलो साता) अचानक स्वास्थ्य समस्या देखियो ।
हात, खुट्टा तथा शरीरका विभिन्न मांशपेशीका भागहरु आफैं चल्न थाले । मुटको चालमा गडबडी, प्रेसर कम हुने, अत्याधिक थकानको समस्या पनि थपियो । त्यही कारण झण्डै चार महिनाभन्दा बढी काममा फर्किन सकेनन् । कोरोनाका कारण सिर्जित समस्याबाट अहिले पनि मुक्त भएका छैनन् । उनी भन्छन्, ‘अहिले पनि बेल-बेलामा शरीरका विभिन्न भागहरु आफैं बाउँडिन्छन् । मांशपेशीहरु कडा बन्दै जान्छ । मुटुको चाल कहिले ह्वातै घट्ने त कहिले बढ्ने भइरहन्छ ।’
कोरोना संक्रमण हुनुभन्दा पहिला डा. विष्टलाई कुनै स्वास्थ्य समस्या थिएन । त्यसैले मांशपेशी आफैं चलायमान हुने तथा मुटुको चालमा घटबढ लगायतका समस्या कोभिडकै असर भएको निचोडमा पुगेका छन् । भन्छन्, ‘संक्रमणमुक्त भएको लामो समय भइसक्दा पनि समस्या छ । बेला-बेला समस्या बल्भिmने हुँदा नियमित काममा असर परेको छ ।’
कोरोना संक्रमण निको भएको लामो समय भइसक्दा पनि स्वास्थ्यसम्बन्धी समस्या भोग्ने डा। विष्ट मात्र होइनन् । काठमाडौं कागेश्वरी मनोहरा ९ बस्ने ४० वषर्ीया शान्ति सन्जेल पनि यस्तै समस्यामा छिन् ।
गत मंसिरमा करिब तीन हप्ताको उपचारपश्चात कोरोना संक्रमणमुक्त भएसँगै उनी घर फर्किन् । त्यसको केही समयपछि उनलाई निन्द्रा नलाग्ने समस्या देखियो । उनले थुप्रै रात अनिदो काटेकी छन् । भन्न खोजेको कुरा झट्ट याद नआउने जस्ता मानसिक स्वास्थ्य समस्या पनि थपिएपछि अस्पतालमा पुगिन् । चिकित्सकले ‘पोस्ट कोभिड’को लक्षणका कारण समस्या भएको आशंका गर्दै मानसिक रोग विभागमा देखाउन सुझाव दिए । चिकित्सकले उनलाई ‘एन्जाइटी’ भएको बताए र निद्रा लाग्ने औषधि खान सुझाव दिए । उनी भन्छिन्, ‘केही समय औषधि पनि खाए । ठिक भएको जस्तो पनि भयो । तर, पछि सुगर बढ्ने, दमका साथै अन्य समस्या देखियो ।’
उनका अनुसार कोरोना संक्रमण हुनुभन्दा अगाडि कुनै दीर्घरोग देखिएको थिएन । ‘पहिला घरको काम सबै आफैं गर्थें, तर अहिले शरीरमा कुनै फुर्ति छैन । कोरोना संक्रमण नै दीर्घरोग देखियो,’ शान्ति दुखेसो पोख्छिन् ।
कोरोनाले स्वस्थ्य मानिसलाई दीर्घरोग देखियो
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले गरेको एक सर्वेक्षणमा ‘पोस्ट कोभिड’ भएका मानिसमा दीर्घरोगको समस्या देखिएको औंल्याएको छ ।
https://www.onlinekhabar.com/2022/07/1160512
साभारः अनलाइनखबर