काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

700
shares

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा ८५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९६० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ८७५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।