नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

२८०० को बिन्दुमा फर्कियो नेप्से, सबै उपसूचकमा हरियाली

1.44K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ को बिन्दुमा कायम भएको छ । यो १.६३ प्रतिशतको वृद्धि हो ।

बुधबार ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.८७, होटल तथा पर्यटन २.५६ र जलविद्युत समूह २.६१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ १.१६, विकास बैंक १.९८, वित्त १.४५, लगानी १.३५, जीवन बिमा १.३१, लघुवित्त १.२८, जीवन बिमा १.०१, म्युचुअल फण्ड ०.९९, व्यापार ०.६१ र अन्य समूह १.१५ प्रतिशतले बढेको छ ।