काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सुनको भाउ प्रतितोला २ लाख ९९ हजार पुग्यो, चाँदी तोलामा २०५ ले वृद्धि

665
shares

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला सात हजार २०० र चाँदी तोलामा २०५ ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८२० कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ४०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७८० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।