काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

भरतपुर मालपोतमा प्रहरीको ‘स्वीप अपरेशन’: १६ बिचौलिया पक्राउ

861
shares

चितवन । मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई गिरफ्तार गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ ।

सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो ।

कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू-सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ।

त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू-सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ।

साथै, भू-सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ ।