काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

१५औँ महाधिवेशन र आगामी संसद्को तयारीबारे कांग्रेसमा मन्थन, देउवा-शेखरसहित शीर्ष नेताहरू बैठकमा

1.36K
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको बैठक काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बसिरहेको छ ।

कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गर्नुभएको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको छ ।

यस बैठकमा कांग्रेसका नेता डा. शेखर कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरुको उपस्थिति छ ।

त्यसैगरी १४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालाको पनि उपस्थिति रहेको छ ।

सो बैठकमा सामसामयिक राजनीतिक विषयवस्तुहरुका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरुको उपस्थिति र प्रस्तुति आदि विषयमा कुराकानी भइरहेको छ ।