देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो
२०८२ चैत १५ आइतवार १३:४९
shares

काठमाडौं । सीआईबीले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिसम्बन्धी छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्तिमाथि अनुसन्धान सुरु गरिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि (सीआईबी) ले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । विभागको निर्देशन अनुसार प्रमाण संकलन तथा विश्लेषणको काम भइरहेको स्रोतले बताएको छ ।
यसैबीच आइतबार नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। सीआईबीका एआईजी डा. मनोज केसीले खड्कालाई अनुसन्धानकै सिलसिलामा पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।
तीन पूर्वप्रधानमन्त्रीबारे भने आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर स्रोतका अनुसार यसअघि उठेका विवाद तथा घटनासँग जोडिएको विषयलाई आधार बनाएर अनुसन्धानलाई थप तीव्रता दिइएको छ ।























