सुनचाँदीको मूल्य फेरि बढ्यो
२०८२ चैत १५ आइतवार ११:३४
shares

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजारले र चाँदी ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको चाँदी तोलाको चार हजार ७२० कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६७० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।























