काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सेयर बजार १४ अंकले बढ्यो

1.57K
shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा कायम भएको हो ।

आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता सेर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७.४८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक ०.०५, जीवन बिमा ०.०४ र व्यापार समूह २.८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ ०.३७, वित्त ०.१७, होटल तथा पर्यटन १.५६, जलविद्युत १.५६, लगानी ०.५१, उत्पादन तथा प्रशोधन १.५०, लघुवित्त ०.२०, निर्जीवन बिमा ०.४३ र अन्य समूह ०.६५ प्रतिशतले बढेका छन् ।

आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ९४ करोड २९ लाख ८० हजार ४६ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ८३ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ ।