सेयर बजार २४.४५ अंकले घट्यो
२०८२ चैत ११ बुधवार १५:५०
shares

काठमाडौं । लगातार पाँच दिन बढेको सेयर बजार बुधबार ओरालो लागेको छ । नेप्से परिसूचक आज २४.४५ अंकले घटेर २९३५ अंकमा ओर्लिएको हो । अघिल्लो दिन नेप्से २३.८३ अंकले बढेको थियो।
बजार घट्दा पनि कारोबार रकममा वृद्धि देखिएको छ । आज १५ अर्ब ९ करोड बराबर कारोबार भएको छ । मंगलबार १४ अर्ब ८३ करोड बराबर कारोबार भएको थियो । आज ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
व्यापार समूह आज पनि सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढेको छ । यस समूहमा सूचीकृत दुई कम्पनीमध्ये बजारकै सबैभन्दा ठुलो कम्पनी विशालको मूल्य ३.७७ प्रतिशतले बढेको छ । अघिल्लो दिन पनि यही समूह सबैभन्दा बढी ९.९ प्रतिशतले बढेको थियो ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका सूचक ओरालो लागेको छ । बैंकिङ १.४०, विकास बैंक २.३२, वित्त २.०९, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.५३, जीवन बिमा १.३९, लधुवित्त १.६४, निर्जीवन बिमा १.१५ र अन्य समूह १.७० प्रतिशतले घटेका छन् ।





















