काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

1.6K
shares

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा आयोजित विशेष समारोहबीच उहाँलाई शपथ गराउनुभएको हो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनुभएको थियो । ७८ वर्षीय केसी संसदका सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ ।

शपथ ग्रहणपछि केसीले आगामी चैत १२ गते प्रतिनिधि सभाका २७४ जना सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ । सभामुख चयन नभएसम्म उहाँले नै प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने जिम्मेवारीसमेत सम्हाल्नुहुन्छ ।