काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा ऐतिहासिक वृद्धि : एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँ बढ्यो

1.13K
shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ  ।

मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १४ हजार ६ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला चार हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय १५ रूपैयाँ बढेको हो  ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।