नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा ऐतिहासिक वृद्धि : एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँ बढ्यो

1.82K
shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ  ।

मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १४ हजार ६ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला चार हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय १५ रूपैयाँ बढेको हो  ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।