नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

सेयर बजार ६४ अंकले बढ्यो, २१ अर्ब २२ करोडको कारोबार

672
shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । नेप्से परिसूचक ६४.६९ अंकले बढ्दै २८७७ अंकमा उक्लिएको छ । कारोबार सुरु भए लगतै बजार निरन्तर उकालो लागेको देखिएको हो ।

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन १२ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा आज २१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसअघि फागुन २६ गते २१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको थियो भने २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड कायम छ ।

आज कुल २४० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने २ कम्पनी स्थिर रहेका छन् । सबै समूहका सूचकहरू हरियालीमा देखिएका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशतले उकालो लागेको छ । त्यस्तै बैंकिङ ३.१६, हाइड्रोपावर २.२९, जीवन बिमा २.७६, वित्त १.९४, होटल तथा पर्यटन १.७५ प्रतिशतले वृद्धि भएका छन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सान्जेन जलविद्युत, माथिल्लो तामाकोशी, एनआईसी एसिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।

यता, माहुली लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशतले घटेको छ । कारोबारका आधारमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् र माथिल्लो तामाकोशी अग्रस्थानमा रहेका छन् ।