आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

चैत ८ देखि टुँडिखेलमा घाँसे मैदान निर्माण सुरु, कार्यक्रमका लागि वैकल्पिक ठाउँ खोज्न आग्रह

1.3K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा-समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको कार्यक्रम गर्न रोक लगाएको जनाएको हो । महानगरले यही चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो ।
महानगरले निर्माण कार्य सुरु भएपछि यो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा-समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने जनाकारी दिएको हो ।

सूचनामा भनिएको छ, ‘उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा-समारोह लगायतका कार्यक्रमहरू अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गर्नुहुन अनुरोध छ ।’