एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरले सुक्खा फोहर बेचेर वार्षिक ६ करोडभन्दा बढी कमाउने

441
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नम्बर-७ का १० वडाबाट दैनिक करिब ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइटमा जानबाट रोकिएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको फोहरमैला संकलन तथा ढुवानी निर्देशक समितिको बैठकमा सहरभित्र फोहरको स्रोतमै वर्गीकरण, ढुवानी व्यवस्थापन, अन्तिम प्रशोधन तथा फोहरको मात्रा घटाउने उपायबारे छलफल गरिएको थियो ।

फ्यासिलिटीमार्फत संकलित सुक्खा फोहरलाई छुट्याएर पुनः प्रयोगयोग्य सामग्री बिक्री गर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ। क्षेत्र नम्बर-७ अन्तर्गत वडा १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ समेटिएका छन् ।

महानगरपालिकाले घरेलु फोहरसँगै निस्कने सुक्खा फोहर व्यवस्थापनका लागि ३२ वडालाई ७ क्षेत्रमा विभाजन गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट वार्षिक ६ करोड ८ लाख ७२ हजार रुपैयाँ (कर बाहेक) आय ठेक्का लगाएको छ । क्षेत्र नम्बर-७ का लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइज कम्पनी चयन भई २०८१ फागुन २६ गते सम्झौता गरी फ्यासिलिटी सञ्चालनमा ल्याइएको हो ।

यस क्षेत्रबाट मात्रै महानगरपालिकाले वार्षिक करिब ७० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । बैठकले सेवा प्रदायक कम्पनीको बोलपत्रको म्याद एक वर्ष थप गर्ने सिफारिस पनि गरेको छ ।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले फोहरको दिगो व्यवस्थापनका लागि घरमै फोहर वर्गीकरण गर्ने प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले मटेरियल रिकभरी फ्यासिलिटीको अभ्यासबारे र इन्जिनियर रामप्रसाद नेपालले सेवा प्रदायकको कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अन्य क्षेत्रहरूमा पनि यस्तै कार्यक्रम कार्यान्वयनको चरणमा रहेको महानगरपालिकाले जनाएको छ ।