एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

सुनको मूल्य एकैदिन ११ हजारले घट्यो

371
shares

काठमाडौं । स्थनीय बजारमा  बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ११ हजार रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार पाँच सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।