एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

मध्यपूर्व तनाव : १९ लाख नेपालीको सुरक्षामा गम्भीर चिन्ता, आवश्यक सतर्कता अपनाउन आह्वान

700
shares

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइनलगायतका देशहरूमा बसोबास गरिरहेका नेपालीको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ । ती देशमा १९ लाखभन्दा बढी नेपाली कार्यरत तथा बसोबास गर्दै आएका छन् ।

मध्यपूर्वमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यहाँ रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । संघले नेपालीहरूको सुरक्षा मुख्य प्राथमिकता भएको उल्लेख गर्दै आवश्यक सावधानीका उपायहरू अविलम्ब पालना गर्न अनुरोध गरेको हो ।

संघले जारी गरेको अपिलमा सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, अत्यावश्यकबाहेक बाहिर ननिस्कन र सुरक्षित स्थानमै बस्न आग्रह गरिएको छ ।

साथै, अनावश्यक यात्रा नगर्न, स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न र राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास तथा सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ ।

हालको अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्नसमेत संघले सुझाव दिएको छ ।

यसैबीच, संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी संकलन गरी आवश्यक परेमा तत्काल उद्धार, सहायता तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आवश्यकताअनुसार नेपाल सरकारसँग सहकार्य गर्न आफूहरू पूर्णरूपमा तयार रहेको पनि संघले स्पष्ट पारेको छ ।

विश्वभर रहेका नेपालीको सुरक्षा साझा दायित्व भएको उल्लेख गर्दै संघले नेपाली समुदायको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहने पुनः विश्वास दिलाएको छ ।