काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब

1.12K
shares

काठमाडौं । सार्वजनिक ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड बढेर २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको हो ।

सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४६.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण दायित्व १५ खर्ब नौ अर्ब ८४ करोड छ ।