एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

चुनाव आउन पाँच दिन बाँकी हुँदा देश दौडाहामा गृहमन्त्री

483
shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन आउन पाँच दिन बाँकी रहँदा गृहमन्त्री ओमप्रकाश अर्याल देश दौडाहामा निस्किनुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन उहाँ जिल्लाका मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमनमा निस्किनुभएको हो ।

उहाँसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित उच्च अधिकारीहरु पनि सहभागी हुनुहुन्छ । टोलीले सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल र अन्तर्क्रिया गरेको छ ।

मन्त्री अर्याल नेतृत्वको टोलीले दोलखाको बैदेश्वर गाउँपालिकास्थित मतदानस्थलको अनुगमन गरी सुरक्षा अवस्थाको समीक्षा गरेको छ । त्यसपछि ओखलढुंगा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तर्क्रिया गरेको गृह मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी रहेकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिनुभयो ।

त्यस्तै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन स्वच्छ र निष्पक्ष हुने विश्वास व्यक्त गर्दै आचारसंहिता उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।