एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

निर्वाचन आउन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा अभियान

476
shares

काठमाडौं । निर्वाचनलाई अधिकतम् सहभागितामूलक बनाउँदै बदर मतको प्रतिशत घटाउने उद्देश्यले निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ ।

आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने उद्देश्यले आयोगले फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको जनाएको छ ।

परिचालित स्वयंसेवकहरूले बस्ती र घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका, सावधानी तथा निर्वाचनको महत्वबारे जानकारी दिइरहेका छन् । कार्यक्रमको प्रभावकारी अनुगमनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिएको छ भने आवश्यक अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति फैलाउने गतिविधिमाथि पनि निगरानी कडा पारेको छ । आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्धन एकाइ सक्रिय रहेको जनाइएको छ ।

हानिकारक सूचना उत्पादन तथा प्रसारणमा संलग्न २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ । यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।

त्यसैगरी, ६५ वटालाई प्रेस काउन्सिल ऐन २०४८ अनुसार कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र एउटालाई विज्ञापन (नियमन गर्ने) ऐन २०७६ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।