काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

कांग्रेसको प्रतिज्ञापत्र : प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकाल, संघमा १६ मन्त्रालयमात्रै

2.3K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री र मुख्यमन्त्री पदमा दुई कार्यकालमात्र रहने व्यवस्था लागू गरिने बताउनुभएको छ ।

राष्ट्रिय सभा गृहमा बिहीबार आयोजित प्रतिज्ञापत्र सम्बन्धी प्रश्नोत्तर कार्यक्रममा थापाले प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी बन्न नपाइने नीति कार्यान्वयन गरिने जानकारी दिनुभएको हो । साथै, संघमा १६ र प्रदेशमा ६ वटा मात्र मन्त्रालय राख्ने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

‘प्रदेशमा गठबन्धन मिलाउन मन्त्रालयको संख्या बढाउनुपर्‍यो भनेर कसैले पनि भन्न पाउने छैन,’ उहाँले भन्नुभयो । सभापति थापाले नियुक्तिमा दलगत भागबन्डा नभएर अब्बल नीति लागू गरिने पनि स्पष्ट पार्नुभयो ।

‘कांग्रेसले संवैधानिक नियुक्तिहरूमा भाग खोज्दैन,’ उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधिमा संवैधानिक आयोग वा विश्वविद्यालयमा बसेर भागबन्डा मागिएको कुरा अब सुन्नुपर्ने छैन ।’

यी प्रतिबद्धता पूरा गर्न संस्थागत सुधार आवश्यक पर्ने उल्लेख गर्दै उहाँले सुधारका उपाय पनि प्रतिज्ञापत्रमा समेटिएको बताउनुभयो । सभापति थापाले नेपाललाई पाँच वर्षभित्र भ्रष्टाचारमुक्त बनाउने लक्ष्यसमेत दोहोर्‍याउनुभयो ।

त्यसका लागि आयोग गठन गरी २०४८ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरिने उहाँको प्रतिबद्धता छ ।