काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

रास्वपाको बाचा : सरकार बनेको १०० दिनभित्र सहकारी पीडितको पैसा फिर्ता

2K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका लागि आफ्नो बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताहरूले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा बाचापत्र प्रस्तुत गरे ।

बाचापत्रअनुसार, सरकार गठन भएदेखि एक सय दिनभित्र सहकारीमा फसेको साना बचतकर्ताहरूको पैसा फिर्ता गरिनेछ । रास्वपाका अनुसार, बचत फिर्ता गर्ने प्रक्रिया पूर्ण ग्यारेन्टीसहित समयसीमा तोकिएको हुनेछ र आवश्यक परेमा बचतकर्ताहरूले थुनामा नपरेरै आफ्नो सम्पत्ति परिचालन र ऋण असुली गर्न पाउनेछन् ।

पार्टीले बाचापत्रमा भनेको छ, ‘आम नागरिकको कमाइ सुरक्षित गर्न हामी १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्नेछौं। राज्यको तर्फबाट ‘एक एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरी संकटमा परेको संस्थाका साना बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी गर्ने व्यवस्था गरिनेछ । हाम्रो लक्ष्य सञ्चालकलाई जेल हाल्नु मात्र होइन, बचतकर्ताको पैसा फिर्ता गराउनु हो । यदि कुनै सहकारीका सञ्चालक वा व्यवस्थापन पक्ष पैसा फिर्ता गर्न तयार छन् र स्रोत र योजना पर्याप्त छ भने कानुनी बाटोमार्फत ‘मिलापत्र’ गर्ने अवसर दिइनेछ। यसरी बचत फिर्ताको ग्यारेन्टी र समयसीमा सुनिश्चित गरिनेछ।’

त्यस्तै, भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्ने बाचापत्रमा उल्लेख गरिएको छ ।

साथै, २०४६ सालदेखि सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानबिन गरी, अवैध सम्पत्ति जफत र राष्ट्रियकरण गर्ने स्पष्ट कार्यविधि बनाइने प्रतिबद्धता पनि उल्लेख छ । रास्वपाले कुनै प्रकारका भ्रातृ संगठनहरू निर्माण नगर्ने स्पष्ट प्रतिज्ञा पनि व्यक्त गरेको छ ।