एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया सेवा खोटाङमै

224
shares

खोटाङ । खोटाङस्थित जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अब यस समस्याका लागि राजधानी वा अन्य सहर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सेवा सुरु भएलगत्तै दुई महिलाको सफल शल्यक्रिया गरिएको अस्पताल प्रमुख डा. अमिताब ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पाठेघरसम्बन्धी समस्याबाट पीडित महिलाले काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता झेल्दै आएका थिए । ‘हामीले आफ्नै विशेषज्ञता प्रयोग गरी खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेका छौँ,’ उहाँले भन्नुभयो ।

अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपन उपचार र सिजेरियनमार्फत दोस्रोपटक सन्तान जन्माउने सेवासमेत सुरु गरिएको छ । निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि समस्या लुकाएर बसेका महिलासमेत उपचारका लागि अस्पताल आउन थालेका स्वास्थ्यकर्मीले बताएका छन् ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले अस्पतालकै स्रोत–साधन प्रयोग गरी गुणस्तरीय सेवा सुरु गरिएको जानकारी दिनुभयो । अब उपचार अभावका कारण कुनै पनि महिलाले ज्यान गुमाउन नपर्ने उहाँको दाबी छ।

१० स्थानीय तह रहेको जिल्लामा यसअघि पाठेघरसम्बन्धी शल्यक्रिया सेवा उपलब्ध नहुँदा बिरामीलाई अन्य जिल्लामा पठाउने गरिएको थियो । यातायात, उपचार, खाना र बसोबास खर्च सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था मिलाइएको थियो । अब जिल्ला अस्पतालमै सेवा सुरु भएसँगै समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ ।