काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

मधेस प्रदेशकी संस्थापक सभापति शर्माद्वारा रास्वपा परित्याग

1.56K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी त्याग गरेकी छन् । रास्वपाको केन्द्रीय महिला तथा सामाजिक विकास विभाग सदस्यसमेत रहेकी उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

पार्टीमा इमानदार व्यक्तिको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको उनको आरोप छ । ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएका छन्, यसबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ,’ उनले भनेकी छन्, ‘यी सबै क्रियाकलापको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु ।’