एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

साहित्यकार पन्तको नियात्रा सँगालो ‘युरोपदेखि क्यानडासम्म’ सार्वजनिक

539
shares

काठमाडौं । शिक्षासेवी तथा साहित्यकार विष्णुप्रसाद पन्तको नियात्रा सँगालो ‘युरोपदेखि क्यानडासम्म’ सार्वजनिक गरिएको छ ।

पशुपति बहुमुखी क्याम्पसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख पन्तको ७५औं जन्मदिनको अवसरमा गुणनिधि धनलक्ष्मी स्मृति प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बीच नियात्रा सँगालो सार्वजनिक गरिएको हो ।

साहित्यकार तथा शिक्षासेवी पन्तले आफ्नो जीवनकालमा शिक्षा र साहित्यका लागि निर्वाह गरेको भूमिकाका बारेमा चर्चा गर्दै जीवनका विभिन्न संघर्ष र उकाली-ओरालीले आफूलाई आजको अवस्थामा ल्याइपुर्‍याएको बताए ।

पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि डा. तुल्सी भट्टराईले साहित्यिक क्षेत्रको महत्व र योगदानको चर्चा गर्दै नियात्रा साहित्यको बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी, प्रा.डा. शैलेन्दुप्रकाश नेपालले ‘युरोपदेखि क्यानडासम्म’को साहित्यिक चर्चाका साथै गुणनिधि धनलक्ष्मी स्मृति पुरस्कारबाट सम्मानित व्यक्तित्वहरुको कृतित्व तथा व्यक्तित्वका बारेमा टिप्पणी गरेका थिए ।

कार्यक्रममा साहित्यकार युवराज मैनालीलाई गुणनिधि स्मृति पुरस्कार प्रदान गरिएको थियो । गीतकार शिला पन्तलाई धनलक्ष्मी पन्त स्मृति पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी ठाकुर शर्मालाई विष्णुप्रसाद पन्त वाङ्मय सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा सभापतित्व ग्रहण गर्दै प्राध्यापक तथा साहित्यकार प्रयागराज भट्टराईले साहित्यकार शिक्षासेवी पन्तको साहित्यिक र बजारशास्त्रमा निर्वाह गरेको भूमिकाको योगदानको चर्चा गरेका थिए ।

यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले साहित्य र समाजको सम्बन्ध र निकटताका बारेमा चर्चा गरेका थिए । वरिष्ठ इतिहासविद् दिनेशराज पन्त, पूर्वसचिव गोपीनाथ मैनाली, साहित्यकार हरिभक्त दिग्देल, चन्द्रप्रसाद पन्त, डा. विष्णु केसीले पनि धारणा राखेका थिए ।