काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा प्रचण्ड

2.16K
shares

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तात्कालीन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुग्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज शनिबार बिहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गर्नुभएको हो ।

२०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो । बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो । माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो । त्यो बैठकलाई ऐतिहासिक मानिन्छ ।

संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गर्नुभयो । पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक हुनुभुएका प्रचण्डले नेपाली क्रान्तिमा उहाँहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्‍याएको बताउनुभयो । उहाँले रुकुम क्रान्तिको सुरुवात र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताउनुभयो ।

प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्नुहुनेछ । आजै उहाँ पुथा उत्तर गाउँपालिकाको तकसेरा पुगेर मतदातासँग भेट गर्नुहुनेछ । प्रचण्ड मतदाता भेटघाटका लागि तीन दिनदेखि रूकुम पूर्वमा हुनुहुन्छ । रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो ।