एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

इनड्राइभका ड्राइभर पार्टनर्सलाई ०.०१ प्रतिशतमात्र सेवा शुल्क

273
shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१ प्रतिशत सेवा शुल्क लागू गरेको घोषणा गरेको छ । फेब्रुअरी २०२६ देखि लागू भएको यस पहलले ड्राइभर पार्टनर्सलाई आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

इनड्राइभको विशिष्ट पियर–टु–पियर मोडेलअनुसार यात्रु र चालकबीच भाडा पारस्परिक सहमतिमा निर्धारण हुने व्यवस्था छ । लगभग शून्य सेवा शुल्कको यो नयाँ नीतिले सो प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र चालकमैत्री बनाउँदै ड्राइभर पार्टनर्सलाई प्रत्यक्षरूपमा लाभ पुग्ने कम्पनीको विश्वास छ ।

दिगो सञ्चालन सुनिश्चित गर्दै चालकहरूको वास्तविक आम्दानी बढाउन, उनीहरूको स्वायत्तता सुदृढ गर्न र सेवा प्रदान गर्ने क्रममा निर्णय लिने स्वतन्त्रतालाई अझ बलियो बनाउन शून्य दरमा सेवा शुल्क लागू गरिएको कम्पनीले उल्लेख गरेको छ ।

‘इनड्राइभमा हामी आफूलाई ठूलो समुदायको एक हिस्सा ठान्छौं र बलियो समुदायहरू पारस्परिक सहयोगमा आधारित हुन्छन् भन्ने हाम्रो विश्वास छ,’ इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिष्ट सुश्री सुनिता जीमी राईले भनिन् ।