नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा थालियो सरसफाइ

868
shares

काठमाडौं । महाशिवरात्रिको तयारीस्वरुप हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ मन्दिर क्षेत्रको सरसफाइ गरिएको छ । वागमती सफाइ महाअभियानको ६६५औँ हप्ताका अवसरमा महाशिवरात्रिलाई लक्षित गरी पशुपति क्षेत्रअन्तर्गत सूर्यघाट, आर्यघाट र राममन्दिर आसपासका क्षेत्रमा सफाइ गरिएको हो ।

भष्मेश्वरघाटदेखि ड्यामसम्मको वागमती किनारमा बढी फोहोर देखिएकाले उक्त क्षेत्रमा अधिकार सम्पन्न वागमती समितिले डोजर प्रयोग गरी सफाइ गरेको छ । २०७० जेठ ५ देखि सुरु भएको वागमती सफाइ महाअभियान प्रत्येक शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ ।

भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता चुनौतीपूर्ण अवस्थामा समेत अभियान अवरुद्ध नभएको उल्लेख गर्दै, चाडपर्व, जाडो र झरीका दिनमा पनि हरेक शनिबार बिहान अभियानकर्मी वाग्मती नदी किनारमा भेला भई सफाइ गर्दै आएका छन् ।

‘देशका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीहरू प्रत्येक हप्ता वागमती नदी किनारमा जुट्ने गरेका छन् । यस वर्ष फागुन ३ गते महाशिवरात्रि परेको छ ।