काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

जोशी ‘गिनिज वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल

1.97K
shares

मायामी, २४ माघ ।
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले नेपाली पोसाक दौरा-सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर ‘गिनिज वर्ल्ड रेकर्ड’मा नाम लेखाउनुभएको छ ।

जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको म्याराथनमा नेपाली पोसाक दौरा-सुरुवालमा दगुरेर विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज वर्ल्ड रेकर्ड’ मा नाम लेखाउनुभएको हो ।

शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधि माइकल इम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

अन्टार्कटिकाबाट सुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अस्ट्रेलियाको पर्थ, एसियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुँदै सातौं दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।

निकै चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुँदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकाले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिने गरिएको हो । म्याराथनमा जोशीसहित ३२ देशका ५६ धावक सहभागी थिए ।

जोशीले आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि दौरा-सुरुवालमा म्याराथनमा सहभागी भएको बताउनुभयो ।

समाचार स्रोतः दीर्घराज उपाध्याय