नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

1.8K
shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार भएको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति शेरबहादुर देउवाले– खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो ।

बैठकमा बौल्दै देउवाले भन्नुभयो– “मेरो स्वास्थका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु, उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।”

सम्बोधनका क्रममा सभापति देउवाले नेपालको संविधान जोखिममा परेको बताउँदै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिधक तथा अलोकतान्त्रिक तवरले विघटन भएकोसमेत बताउनुभएको छ ।

जेनजी आन्दोलनपछि सभापति देउवा पहिलो पटक सार्वजनिक हुनुभएको हो ।