एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

चन्द्रप्रकाश बानियाँद्वारा लिखित उपन्यास “तुलु राजा” प्रकाशित

259
shares

काठमाडौँ । मदन पुरस्कार विजेता महारानीका लेखक चन्द्र प्रकाश बानियाँको अर्को ऐतिहासिक उपन्यास “तुलु राजा” प्रकाशित भएको छ ।

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाई गर्छ । दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ ।

गोर्खा राज्य विरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरहरुले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो ?
त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो तुलुराजा ।

पृष्ठ संख्या ४४० रहेको उक्त पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।