काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

प्रवासी नेपाली मञ्चको चौथो अधिवेशन टेक्सासमा हुँदै

1.04K
shares

टेक्सास, १८ मे ।

प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन टेक्सासमा आयोजना हुने भएको छ । आइतबार भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले चौथो अधिवेशन मे ३१ देखि जुन १ सम्म टेक्सास राज्यको ड्यालसमा आयोजना हुने जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष सञ्जय थापाले गर्ने अध्यक्ष लामिछानेले बताए ।

पत्रकार सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि मङ्गलदास श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जानकारी दिइएको थियो । जसमा बुद्ध लामा, कुलमणि आचार्य, डा. निर्मल पौडेल र कृष्ण भण्डारी सदस्य रहेका छन् । अध्यक्ष लामिछानेले अमेरिकाको २७ राज्यमा विस्तार भएको मञ्चका ८ सय ६३ सदस्य रहेको जानकारी दिए । उनले अधिवेशनमा २ सय ३५ प्रतिनिधिले भाग लिने बताए । सचिव छवि पाण्डेले नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अनलाइनमार्फत समेत मतदान गर्ने व्यवस्था मिलाइएको बताए ।

मञ्चका सचिव पाण्डेले सञ्चालन गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष थापाले समेत मञ्चको स्थापनाको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।