काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

चालिस–पचास करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारका मुद्दामा राष्ट्रिय सहमति हुन्छ : घनश्याम भुषाल

1.37K
shares

काठमाडौँ : अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ नामक पुस्तक सार्वजनिक गर्ने क्रममा शनिबार नेकपा एकीकृत (समाजवादी)का महासचिव घनश्याम भुषालले ४०/५० करोडभन्दा माथिका ठूला भ्रष्टाचारका मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताउनु भएको छ ।

काठमाडौँको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गण भएको उक्त पुस्तकका बारेमा आफ्नाे धारणा राख्ने क्रममा भुषालले भन्नुभएको छ– “४०/५० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस पनि हुन्छ, त्यहाँ माओवादी पनि हुन्छ, त्यहाँ एमाले पनि हुन्छ, मेरै पार्टी (नेकपा एकीकृत समाजवादी) पनि होला, अर्को पार्टी पनि होला, त्यो नभइ अगाडि बढ्दै बढ्दैन । ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्, राजनीति पनि सक्छन् र मुलुक पनि सकिरहेका छन् । त्यसैले हामी यहाँबाट मुक्त हुन सकेमात्र समाजवाद तर्फ जान सकिन्छ ।”

यसका साथसाथै भुषालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर सम्बन्धित पक्षमा जिम्मेवारी बोध र चिन्तन कम भएको पनि बताउनुभयो ।